mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाचार
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

  • आइतवार, चैत्र २६, २०७९
सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो।

सम्बन्धित समाचार