AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान सुरु

सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान सुरु

  • सोमवार, जेष्ठ १, २०८०
सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान सुरु

काठमाडौं-नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।

गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो ।

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार