काठमाडौं– साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मुल्य ४० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाकमा १ लाख ११ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ४० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।