AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

  • आइतवार, जेष्ठ २८, २०८०
२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) २८ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार २६ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ २६ गते, १८२ दिन अवधिको मंसिर २६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार