AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी पदाधिकारी बैठक जारी, केन्द्रिय समितिको अजेन्डा तय हुने

माओवादी पदाधिकारी बैठक जारी, केन्द्रिय समितिको अजेन्डा तय हुने

  • बुधबार, साउन १७, २०८०
माओवादी पदाधिकारी बैठक जारी, केन्द्रिय समितिको अजेन्डा तय हुने

काठमाडौं-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

आजवाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको हो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारीे छ ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रिय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रिय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार