mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२

नारायणी नदीमा डुबेर दुई बालकको निधन

  • सोमवार, अशोज १, २०८०
नारायणी नदीमा डुबेर दुई बालकको निधन

काठमाडौं-पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी  बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन््।

पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार