AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

  • मङ्लबार, पुस ३, २०८०
बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

मोरङ-गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको छ ।

सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार