AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा आरआईटीका हाकिमसहितका घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप

सुदूरपश्चिममा आरआईटीका हाकिमसहितका घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप

  • बुधबार, पुस ४, २०८०
सुदूरपश्चिममा आरआईटीका हाकिमसहितका घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप

कैलाली-कैलाली र कञ्चनपुरमा नेपाल प्रहरीका घुमुवाहरुले असुली धन्दा चलाएको आरोप लागेको छ ।

हुलाक कार्यालय कैलालीमार्फत नेपाल पत्रकार महासंघ कैलाली शाखामा प्राप्त बेनामी पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयका सादा पोसाकमा खटिएका प्रहरीले असुली धन्दा चलाएको आरोप लगाइएको हो ।

आरआईटीका प्रहरी, जिल्ला र वडा प्रहरीको सिबिल धुमुवाहरु असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गर्न संलग्न हुन गरेकोलगायतका आरोप लगाइएको छ ।

उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको नेपाल पत्रकार महासंघ कैलाली शाखालाई पठाइएको पत्रमा उल्लेख छ ।

सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाइक प्रयोग गरेर असुली धन्दा गर्ने गरेको आरोप लगाइएको छ । पहिलो नम्बरमा वरिष्ठ सई डेनी स्वाँर, दोस्रोमा असई अनिल बिष्ट, तेस्रोमा असई मदन उपाध्याय, पाँचौँमा वरिष्ठ सई रमेश खड्का तथा केही वरिष्ठ र सहायक हवल्दारका नाम उल्लेख गरिएको छ ।

यस्तो छ पत्र :

Facebook Comments

सम्बन्धित समाचार