AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • कैद भुक्तान सकिने दिन चण्डेश्वरको मृत्यु, मृतकका आफन्त आन्दोलित

कैद भुक्तान सकिने दिन चण्डेश्वरको मृत्यु, मृतकका आफन्त आन्दोलित

  • सोमवार, पुस ९, २०८०
कैद भुक्तान सकिने दिन चण्डेश्वरको मृत्यु, मृतकका आफन्त आन्दोलित

विराटनगर-विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एकजना कैदीको मृत्यु भएको छ ।

लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको हो । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।

मोरङ कारागारका अनुसार पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते अस्पतालमा भर्ना गराएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।

मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार