AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

  • सोमवार, पुस ९, २०८०
सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

काठमाडौं-सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान सवा आठ बजे सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

दुर्घटनापछि स्थानीयले मोटरसाइकलाई ठक्कर दिने बसमा आगजनी गरेका छन्। बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार