AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • आरती साहका पति मोतिबावु पक्राउ

आरती साहका पति मोतिबावु पक्राउ

  • सोमवार, पुस ९, २०८०
आरती साहका पति मोतिबावु पक्राउ

जनकपुरधाम-आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन आदेश दिएपछि सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट मोतीबाबुलाई पक्राउ गरेको धनुषाका एसपी मित्रबन्धु शर्माले बताए ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्चले आदेश दिएको थियो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला  मोतीबावु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार