mega darknetmega darknet
AarthikBikash
बिहिबार, पुस १०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • छोरी बलात्कार र छोराको हत्या आरोप लागेका बुबा टीकापुरबाट पक्राउ

छोरी बलात्कार र छोराको हत्या आरोप लागेका बुबा टीकापुरबाट पक्राउ

  • बिहिबार, माघ ४, २०८०
छोरी बलात्कार र छोराको हत्या आरोप लागेका बुबा टीकापुरबाट पक्राउ

सुर्खेत-सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन। बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए।

प्रहरीमा घटनाबारे जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउ हत्या भएको अवस्थामा शव फेला परेको थियो।

उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ।

मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित समाचार