AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

  • शुक्रबार, माघ ५, २०८०
समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । ‘नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो, सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ’, उनले भने ।

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए ।

‘नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ, त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो’, प्रधानमन्त्री दाहालले भने ।

Facebook Comments

सम्बन्धित समाचार