mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२

यस्तो रहनेछ आजको मौसम

  • शनिबार, माघ ६, २०८०
यस्तो रहनेछ आजको मौसम

काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लगेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार