AarthikBikash
मङ्लबार, मंसिर १८, २०८१

हालको खबर

  • होमपेज
  • समाचार
  • हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • बुधबार, माघ १०, २०८०
हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी-सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित भोटेपुलमा हायसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१५ का ४६ वर्षीय शम्भु दर्जी रहेका छन्। मंगलबार इटहरीबाट धरान तर्फ जाँदै गरेको ना–१ ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को-६ प ५६०३ नम्बरको मोटरसाइकल र को- ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दर्जीको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न हायस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेज नारायण सदालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।

एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य