mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भ्रष्टाचारीलाई कारबाही गर्दा राजनीतिक दबाब दिन बन्द गर्नुस् : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारीलाई कारबाही गर्दा राजनीतिक दबाब दिन बन्द गर्नुस् : गृहमन्त्री श्रेष्ठ

  • शुक्रबार, माघ २६, २०८०
भ्रष्टाचारीलाई कारबाही गर्दा राजनीतिक दबाब दिन बन्द गर्नुस् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा वा कारबाही गर्न खोज्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गरेका छन्।

शुक्रवार अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई समात्दा सम्बन्धित संस्थाहरूले वक्तव्यबाजी गर्ने र दलका नेताहरूले दबाब दिने गरेको बताउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेका हुन्।

उनले पहुँचवालाहरू पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए।

उनले भने–‘हुनेखाने वर्ग, जसको राज्यमा पहुँच छ, उनीहरू कारबाहीमा परे भने ठूलाठूला संस्थाहरूले वक्तव्यबाजी गर्ने। कर्मचारी कारबाहीमा परे भने कर्मचारी संगठनले कराउने । भ्रष्टाचारीलाई नसमातेर, उनीहरूलाई कारबाही नगरेर सडक पेटीमा व्यापार गर्नेहरू ? त्यो गरिब सुकुम्वासी, भूमिहीनहरूलाई कारबाही गर्ने ?’

सम्बन्धित समाचार