AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीको विधान सम्मेलन : २० समूहमा छलफल

माओवादीको विधान सम्मेलन : २० समूहमा छलफल

  • मङ्लबार, फाल्गुन १, २०८०
माओवादीको विधान सम्मेलन : २० समूहमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्र ले २० वटा समूह बनाएर विधानमाथि छलफल सुरू गरेको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार दिउँसो भएको सम्मेलनमा विधानमाथि छलफल भएको छ।

महासचिव देव गुरूङले २० वटा समूह बनाएर छलफल गरिने बताए। एउटा समूहमा ५० देखि ५५ जनासम्म छन्। छलफल बुधबार दिउँसो १ बजेसम्म जारी रहनेछ। बुधबार दिउँसो २ बजेपछि सम्मेलन पुनः सुरू हुनेछ।प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए। विधान सम्मेलन तीन दिनसम्म चल्नेछ।

सम्मेलनले पार्टी विधान परिमार्जन गर्नेछ। माओवादीले स्थायी कमिटी सदस्य गणेश साहको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको थियो।समितिले मस्यौदा गरेको विधान पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरेको थियो। विधानसँगै नियमावलीसमेत बनाउनेबारे पनि छलफल गर्ने माओवादीको तयारी छ।विधानमा केन्द्रीय कमिटीको आकार सानो र चुस्त बनाउने विषयदेखि सिद्धान्तसम्मका कुराहरू समेटिनेछन्।

Facebook Comments

सम्बन्धित समाचार