AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

  • आइतवार, फाल्गुन ६, २०८०
बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन् ।

आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेका प्रश्‍नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताए ।शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताए।‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा समितिले प्रतिवेदन बुझाएको छ। र आज मैले बुझ्दैछु। प्रधानमन्त्रीको हैसियतले अहिलेसम्‍म मैले हेरेको छैन। मैले बुझ्दैछु। आजै क्याबिनेट छ,’ उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ। यो विश्वास म दिलाउन चाहान्छु।’

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको थियो ।गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार