AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब छुट्याउनुपर्छ : अर्थमन्त्री महत

सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब छुट्याउनुपर्छ : अर्थमन्त्री महत

  • सोमवार, फाल्गुन १४, २०८०
सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब छुट्याउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने बताएका छन्।संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको भनाई छ ।हाल राजस्व संकलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने उनले बताए ।अर्थमन्त्री महतले भने,‘अर्थतन्त्र लयमा फर्किन थालेपनि वाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भइसकेको छैन । वित्तीय क्षेत्रमा सहकारी तथा लघुवित्तहरुमा समस्या देखिएका छन् ।’

सार्वजनिक खर्चलाई मितव्ययी र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न आवश्यक रहेको उनले बताए ।थप आयोजना तथा दरबन्दीले खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको र सक्रिय जनशक्ति पलायनको पनि समस्या रहेको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार