AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

  • आइतवार, फाल्गुन २७, २०८०
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

काठमाडौं- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यस ट्रेजरी बिलमा आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ। मंगलबार फागुन २९ गते यो ट्रेजरी बिल जारी हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। उक्त ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ।

त्यस्तै, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ। साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ फागुन २७ गते परिपक्व हुनेछ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

Facebook Comments

सम्बन्धित समाचार