AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • राजनीति
  • बाँसबारी जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याइयो

बाँसबारी जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याइयो

  • शुक्रबार, चैत्र ९, २०८०
बाँसबारी जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौं-सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि निर्देशन दिएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जग्गा ल्याइएको जानकारी दिइएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सोही प्रकरणमा सिआइबीले सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो।

बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले बताए ।

सम्बन्धित समाचार