mega darknetmega darknet
AarthikBikash
मङ्लबार, पुस ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • गृहमन्त्री लामिछानेले भने : हामीसँग त पानी किन्ने पनि पैसा छैन, कहाँबाट मासु-रक्सी बाँडौँ !

गृहमन्त्री लामिछानेले भने : हामीसँग त पानी किन्ने पनि पैसा छैन, कहाँबाट मासु-रक्सी बाँडौँ !

  • शनिबार, बैशाख ८, २०८१
गृहमन्त्री लामिछानेले भने : हामीसँग त पानी किन्ने पनि पैसा छैन, कहाँबाट मासु-रक्सी बाँडौँ !

इलाम-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदातालाई रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका छन् ।

इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’

पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको बताए।

जनताले सोचेजस्तो उम्मेदवार नभए नेता फेर्न सकिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भने,‘हामीले सोचेजस्तो उहाँले भनेजस्तो नेता राम्रो भएन भने फेर्न सकिन्छ । मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बु आउँछ । हाम्रो त खुवाउनै सक्दैनौँ खुवाउँदैनौँ पनि,यी पानी खुवाउने पैसा छैन हाम्रो त ।’

सम्बन्धित समाचार