AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम नलेख्न कांग्रेस सहमत

सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम नलेख्न कांग्रेस सहमत

  • मङ्लबार, जेष्ठ १५, २०८१
सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम नलेख्न कांग्रेस सहमत

काठमाडौं-सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट नेपाली कांग्रेस पछि हटेको छ ।

सहकारी ठगीमा व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन कांग्रेस सहमत भएको हो।

आज बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको दाबी गर्दै कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

तर रविको नाम उल्लेख गर्ने अडानबाट कांग्रेसले ब्याक भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए ।

पार्टी सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो।

छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी निष्कर्षउन्मु्ख रहेको बताउँदै नेता लेखकले लिपिवद्ध गर्न बाँकी रहेको बताए।

छानबिन समितिको कार्यादेशको अन्तिम टुंगो लागेपछि थप सदस्यहरूको नाम संसदीय सचिवालयलाई पठाउने तयारी भइरहेको उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार