काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजनविरुद्ध दायर गरेको मुद्दामा वहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो । तर मुद्दामा वहस नसकिएपछि हेर्दाहेर्दै राखिएको हो।
यसअघि मङ्गलवार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।
२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए ।
जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।
तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।