AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ

  • मङ्लबार, असार ४, २०८१
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छाड्ने बताएकी छन् ।

शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

शिक्षामन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् । शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने शिक्षामन्त्री श्रेष्ठको भनाई छ ।

उनले शिक्षामा दलीय राजनीतिकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेन्डा भएको बताइन् । उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुआत भएको उल्लेख गरिन् ।

उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन् । उनले सबैको साथ सहयोग भए मात्रै यो एजेन्डाले सार्थकता पाउनसक्ने बताइन् ।

उनले शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरुको शिक्षण पेसामा मर्का पुर्‍याइरहने बताइन् । शिक्षामन्त्री श्रेष्ठले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आवद्ध शिक्षकहरुको तथ्यांक माग गरेपनि प्राप्त नभएको बताइन् ।

उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरिन् । उनले सय दिनको उपलब्धीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन् ।

उनले शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने आफूलाई यकिन भएको बताइन् । उनले शिक्षा विधेयक व्यवस्थापिकाको समितिमा छलफलमा रहेको भन्दै आफूसँग यो मितिसम्म आउँछ भन्ने थाहा नभएको बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार