AarthikBikash
बिहिबार, चैत्र १९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ

काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ

  • आइतवार, असार २३, २०८१
काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ।सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट चाँदीका गरगहना बरामद गरेको हो।पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन्।गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ।सीआईबीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ।

सम्बन्धित समाचार