AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएपछि संसद बैठक स्थगित

प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएपछि संसद बैठक स्थगित

  • बिहिबार, असार २७, २०८१
प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएपछि संसद बैठक स्थगित

काठमाडौं-प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री दाहालले एमाले र जनता समाजवादी पार्टीले छाडेका १० मन्त्रालय पनि सम्हाल्दै आएका छन्।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार