mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • राजस्व अनुसन्धान विभागले हाल्यो सुनीलविरुद्ध मुद्दा, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा

राजस्व अनुसन्धान विभागले हाल्यो सुनीलविरुद्ध मुद्दा, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा

  • बुधबार, साउन २, २०८१
राजस्व अनुसन्धान विभागले हाल्यो सुनीलविरुद्ध मुद्दा, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा

काठमाडौं-राजस्व अनुसन्धान विभागले सुनील पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति नलिएको भन्दै पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।

विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

पौडेलले विदेशी विनिमय ऐनको व्यवस्था विपरीतको कसूर गरेकोले अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने ७७ लाख ४५ हजार ९०० रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।

यस्तै सोही सोही ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर अर्थात दुई करोड ३२ लाख ३७ हजार ७०० रुपैयाँ जरिवाना मागदावी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

तर तनहुँको शुक्लागण्डकी नगरपालिका- ३ स्थायी ठेगाना भएका प्रतिवादी पौडेलले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली ५८ हजार अमेरिकी डलर जम्मा गरेको पाइएको विभागले जनाएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनिल पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

विशेष अदालतले पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे सिस्टमका सामानहरू खरिदमा भ्रष्टाचार ठहर भएका पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको थियो ।

उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी र वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार