AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • चारवटा संसदीय समितिको बैठक आज

चारवटा संसदीय समितिको बैठक आज

  • आइतवार, भदौ २, २०८१
चारवटा संसदीय समितिको बैठक आज

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको चारवटा संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्न लागेको हो ।

कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे र कृषि समितिको बैठक बिहान ११ः३० मा संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।कानुन समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गरिनेछ भने कृषि समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका र नेपालमा ईआईए/आईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार