AarthikBikash
शुक्रबार, फाल्गुन २२, २०८२
  • होमपेज
  • राजनीति
  • सर्वोच्चले आज पनि दिएन पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा निर्णय

सर्वोच्चले आज पनि दिएन पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा निर्णय

  • बुधबार, भदौ १२, २०८१
सर्वोच्चले आज पनि दिएन पूर्वसभामुख सापकोटाविरुद्धको रिटमा निर्णय

काठमाडौं-सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सारेको छ।

सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा निर्णय सुनाउने दिन फेरि सरेको हो।

सर्वोच्च अदालतले संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि आज पेशी तोकिएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भनिएपनि अर्को दिनलाई सारेको हो।

यसअघि २३ साउनमा पनि मुद्दाको फैसला सुनाउने दिन सारेको थियो संवैधानिक इजालसमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्।

काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।

अर्जुनकी पत्नी पूर्णमाया लामा,कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए।

सम्बन्धित समाचार