AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

  • मङ्लबार, भदौ २५, २०८१
माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन्।सिरहाको मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष प्रचण्डले भ्रष्टाचारीहरूलाई कारबाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमालेका नेताहरू भयभित भएर दलालहरूको अगुवाइमा अहिलेको सरकार बनाएको बताए।ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए भएको उनको भनाई छ ।

कांग्रेस र एमालेका नेताहरूलाई दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिएको अध्यक्ष प्रचण्डले बताए ।दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए ।यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने अध्यक्ष प्रचण्डको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार