AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आर्थीक बिकास विशेष
  • असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

  • बिहिबार, भदौ २७, २०८१
असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

काठमाडौं – दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ। साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ ।

हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार