mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

  • बुधबार, अशोज २, २०८१
सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने बताएका छन्।

महामन्त्री शर्माले सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्ने बताएका हुन् ।उनले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताए। गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने उनको भनाई छ । महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए ।

सरकार बनाउन पुग्ने सांसदहरुको संख्या कांग्रेस र एमालेसँग भए पनि संविधान संशोधन गर्न दुई तिहाइ चाहिने संख्या नभएकाले अरु दललाई पनि सहमतिमा ल्याउन आवश्यक रहेको उनले बताए। संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच हार्दिकतापूर्वक समन्वय हुनुपर्नेमा महामन्त्री शर्माले जोड दिए ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।