AarthikBikash
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • समाज
  • सक्रिय बन्दै मनसुन: बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

सक्रिय बन्दै मनसुन: बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमवार, अशोज ७, २०८१
सक्रिय बन्दै मनसुन: बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार