AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

  • आइतवार, अशोज २०, २०८१
नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

काठमाडौं-सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।

संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार