mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

  • शुक्रबार, कार्तिक २, २०८१
सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएको जानकारी दिएको छ।

लामिछाने आज बुलुका नै अमेरिका प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए। ‘उहाँले अमेरिकाको भिसा पाउनुभएको छ। आज साँझ नै त्यसतर्फ प्रस्थान गर्नुहुन्छ,’ लामाले भने। अमेरिकाको भिसा प्रक्रियामा ढिलाइ भएपछि लामिछानेले दुखेसो पोखेका थिए।

यसैबीच नेपाल र अमेरिकाबीचको टी-२० शृंखला आजदेखि सुरू भएको छ। डालासमा शुक्रबार विहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। लामिछानेले टी-२० शृंखला खेल्ने सम्भावना न्युन रहेको बताइएको छ। उनी शुक्रबादेखि हुने आइसीसी लिग २ को खेल खेल्नेछन्। लिग २ को खेलमा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डसँग दुई-दुई खेल खेल्नेछ।

सम्बन्धित समाचार