AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बित

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बित

  • शनिबार, कार्तिक २४, २०८१
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बित

काठमाडौं-नेकपा एमालेले मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी सङ्गठित सदस्यबाट निलम्बित गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीले कोशी प्रदेश का आन्तरिक मामिला तथा कानुनमन्त्री समेत अधिकारीलाई निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको बताए ।

अध्यक्ष खतिवडाले अधिकारीमाथि लागेको आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।

उनले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।

Facebook Comments

सम्बन्धित समाचार