AarthikBikash
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • समाज
  • मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना

मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना

  • बिहिबार, पुस ११, २०८१
मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात, तराईमा हुस्सुको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही भूभागमा बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

 

Facebook Comments

सम्बन्धित समाचार