AarthikBikash
मङ्लबार, पुस २३, २०८१
  • होमपेज
  • राजनीति
  • देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड

देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड

  • शुक्रबार, पुस १९, २०८१
देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन स्थापित गर्न नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।उनलेसुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने,‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’ आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको उनको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार