AarthikBikash
आइतवार, पुस २८, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेलाई फेरि हिरासतमा पठाउन अदालतको आदेश

रवि लामिछानेलाई फेरि हिरासतमा पठाउन अदालतको आदेश

  • आइतवार, पुस २८, २०८१
रवि लामिछानेलाई फेरि हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौं – जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए। उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार