AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • समाज
  • मौसममा पश्चिमी वायुको सामान्य प्रभाव,तीन प्रदेशमा आंशिक बदली

मौसममा पश्चिमी वायुको सामान्य प्रभाव,तीन प्रदेशमा आंशिक बदली

  • शुक्रबार, माघ २५, २०८१
मौसममा पश्चिमी वायुको सामान्य प्रभाव,तीन प्रदेशमा आंशिक बदली

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार