काठमाडौं-गृहमन्त्री रमेश लेखकले लागूऔषधमुक्त समाज निर्माणका लागि लागूऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्ने बताएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागूऔषधविरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले लागूऔषध व्यक्ति, परिवार हुदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए। लागूऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेको उनको भनाई छ ।
गृहमन्त्री लेखकले भने,’लागू औषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ । सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’
यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको गृहमन्त्री लेखकले बताए।
लागूऔषध विरुद्धको महाअभियान देशव्यापी रुपमा चलाउन जरुरी रहेको उनको भनाई छ । विद्यालय स्तरसम्म महाअभियान पु¥याउन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले भने,’जुन ढंगले लागूऔषधको ओसारपसार, भण्डारण र प्रयोग भइरहेको छ । त्यसले आगामी दश पन्ध्र बर्षमा भयाभहवस्थिती ल्याउने अवस्था देखिरहको छु ।’
लागूऔषध मुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक रहेको उनले बताए । गृहमन्त्री लेखकले प्रहरीलाई यो महाअभियान देशव्यापी रुपमा लैजान निर्देशनसमेत दिए ।
सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडी लागूऔषध एउटा कारकका रुपमा रहेको उनले बताए । लागूऔषध नियन्त्रण गर्न सके धेरै अपराधका कमी ल्याउन सकिने गृहमन्त्री लेखकको भनाई छ ।