AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं : राजेन्द्र लिङ्देन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं : राजेन्द्र लिङ्देन

  • शनिबार, फाल्गुन १७, २०८१
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं : राजेन्द्र लिङ्देन

​बुटवल-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विकल्प नभएको बताएका छन् ।

पार्टीले बुटवलमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश तह खारेज गर्नुको विकल्प नभएको बताए ।

अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नभएसम्म मुलुकमा अस्थिरता भइरहने बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘अहिले कांग्रेस र एमाले अरुलाई समाप्त गरेर दुई दलीय व्यवस्था बनाउन खोजिरहेका छन् । उनीहरू घाटसम्म पनि सत्तामै जान चाहन्छन् ।’

अहिलेको सरकार देशका समस्या एकातिर राखेर अर्कोतिर काम गर्न उद्दत रहेको उनले बताए । देशमा राजालाई स्थान नदिए विद्रोह हुने उनको दाबी छ । नेपालजस्तो सानो मुलुकले यति ठूलो संख्याको जनप्रतिनिधि पाल्न नसक्ने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार