AarthikBikash
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन

देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन

  • मङ्लबार, चैत्र ४, २०८१
देशभरका ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन

काठमाडौं-त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै भएको छ ।

त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।

बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।

आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।

अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ ।

त्रिविका ६४ वटा अंगिक क्याम्पसमध्ये ३८ वटामा आज चुनाव भएको र नभएका क्याम्पसमा सहमतिको प्रयास जारी रहेको उनले बताए ।

त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार