AarthikBikash
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइयो

पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइयो

  • शनिबार, चैत्र १५, २०८१
पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइयो

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको छ ।

सशस्त्र प्रहरीले गएराति पूर्वराजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो ।

डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको छ।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कम गरिएको छ।

नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ।

सम्बन्धित समाचार