AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एकाबिहानै जाजरकोटमा फेरि गयो भूकम्प

एकाबिहानै जाजरकोटमा फेरि गयो भूकम्प

  • मङ्लबार, बैशाख २, २०८२
एकाबिहानै जाजरकोटमा फेरि गयो भूकम्प

काठमाडौं-जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् ।

पहिलो भूकम्प गएराति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भूकम्प गएको हो ।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार