काठमाडौं-अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको हो ।
उद्योग मन्त्रालयको नेतृत्वका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयका लागि मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, कृषि मन्त्रालयका लागि मदन परियार, सञ्चार मन्त्रालयका लागि पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि महावीर पुनलाई सिफारिस गरिएको छ।
सोमबार नयाँ मन्त्रीरुको सपथको तयारी भइरहेको छ ।
यसअघि नै अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।