mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • पार्टी एकतामा रुष्ट बनेका झलनाथ खनाललाई तेस्रो वरियता

पार्टी एकतामा रुष्ट बनेका झलनाथ खनाललाई तेस्रो वरियता

  • बुधबार, कार्तिक २०, २०८२
पार्टी एकतामा रुष्ट बनेका झलनाथ खनाललाई तेस्रो वरियता

काठमाडौं-आज घोषणा गर्न लागिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए ।

तर, ओलीले एकतामा जाने पक्षमा नरहेको बताएका थिए ।

त्यसपछि आज मात्रै खनाल, महासचिव धनश्याम भुसालसँग  प्रचण्डले निवासमै बोलाएर प्रचण्डले छलफल गरेका थिए।

छलफलमा खनालले तेस्रो वरियता पाउने सहमती भएपछि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन पुगेका छन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।

सम्बन्धित समाचार