काठमाडौं-मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पदभार ग्रहण गरेका छन् ।
आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए ।
सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने उनको भनाइ छ ।