AarthikBikash
बिहिबार, पुस १७, २०८२
  • होमपेज
  • राजनीति
  • मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

  • शुक्रबार, पुस ४, २०८२
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको सात दलीय गठबन्धनको बैठकले जनमतबाहेक तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी एक-एक जना मन्त्री नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेता अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ । गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए । प्रारम्भमा तीन दलबाट तीनजना मन्त्री नियुक्त गरिएको थियो ।

जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए । कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा मिलाउन नसकिँदा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय रहेका छन् । मुख्यमन्त्री यादवले आज दुवै बिना विभागीय मन्त्रीसहित अन्य दलबाट पनि प्रतिनिधित्व सुनिश्चित गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।

सम्बन्धित समाचार